(१) फोहरमैला व्यवस्थापन गर्न चाहने कम्पनी, संस्था वा निकायले अनुसूची–१ बमोजिमको ढाँचामा आवश्यक कागजात तथा स्थानीय निकायले तोकेको दस्तुर संलग्न गरी ऐनको दफा १३ को उपदफा (२) मा उल्लिखित विवरणका अतिरिक्त देहायका विवरण खुलाई सम्बन्धित स्थानीय निकायमा अनुमतिपत्रका लागि निवेदन दिनु पर्नेछः–
(क) फोहरमैला व्यवस्थापन गर्न आवश्यक पर्ने आर्थिक स्रोत, जनशक्ति, फोहरमैला संकलन तथा ढुवानी साधन, कार्य अनुभवको विवरण,
(ख) फोहरमैला व्यवस्थापन गर्न चाहेको कार्यक्षेत्र,
(ग) फोहरमैला संकलन, स्थानान्तरण, प्रशोधन र अन्तिम विसर्जन गर्न आवश्यक पर्ने जग्गाको व्यवस्था,
(घ) फोहरमैला व्यवस्थापन गर्ने विधि र तरिका,
(ङ) सामाजिक दायित्व पूरा गर्ने सम्बन्धमा प्रस्तावित व्यवस्था,
(च) फोहरमैला व्यवस्थापन गर्न चाहेको समय र अवधि,
(छ) फोहरमैला व्यवस्थापनबाट वातावरणमा पर्न सक्ने प्रभाव न्यूनिकरणका उपायहरु,
(ज) फोहरमैला उत्पादकले बहन गर्नु पर्ने दायित्व र तिर्नु पर्ने शुल्क,
(झ) निवेदकले स्थानीय निकायलाई बुझाउन प्रस्ताव गरेको रकम ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा फोहरमैला व्यवस्थापन व्यावसायिक रुपमा गर्ने हो वा नाफा कमाउने उद्देश्य नराखी सामुदायिक वा सामाजिक रुपमा गर्ने हो सो कुरा स्पष्ट खुलाउनु पर्नेछ ।